अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असाेज ४ गते
विश्वमा हालसम्म कोरोना भाइरसका कारण नौ लाख भन्दा बढीको मृत्यु भइसकेको वाल्डो मिटरले जनाएको छ ।
२४ घण्टाभित्रमा पाँच हजार एक सय चार जनाले ज्यान गुमाएसँगै मृत्यु हुने संक्रमितको संख्या नौ लाख ६१ हजार ३७३ पुगेको हो । विश्वमा दैनिक पाँच हजार बढी संक्रमितले ज्यान गुमाइरहेका छन् ।
हालसम्म संक्रमित संख्या तीन करोड नौ लाख ८२ हजार २४९ पुगेको छ । एकै दिन दुई लाख ८९ हजार दुई सय ५८ जना नयाँ बिरामी थपिए ।
संक्रमितमध्ये दुई करोड २५ लाख ८२ हजार ५८० जना उपचारपछि घर फर्किएका छन् ।
७४ लाख ४४ हजार एक सय १३ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ६१ हजार तीन सय ९८ जनाको अवस्था चिन्ताजनक छ ।