अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १७ गते
रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा घाँस काटन गएकी अन्दाजी १४ वर्षिय बालिकाको शव फेला परेको छ ।
बृन्दावन नगरपालिका वडा नं ४ हरैया पल्टुवामा मामाघर बस्दै आएकी सँझा साह कानुको शव गाउँकै उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
बिहान १० बजे घाँस काटन गएकी साँझसम्म नफर्केपछि उनकाे खोजी गर्दै जाँदा मृत अवस्थामा साँझ ७ बजेतिर नजिकैको उँखुबारीमा फेला परेको स्थानीयले जनाएका छन् ।
मृतक बालिकाको मृत्यु अस्वाभाविक देखिए पनि मृत्युको कारण के हो भन्ने अहिलेसम्म खुलेको थप जानकारी भोलि बिहान मात्र खुल्ने उहाँले बताउनुभयो । हाल प्रहरीले घटनास्थल सुरक्षित राखिरहेको र घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षकले बताउनुभयो ।