अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १७ गते
भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारमा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७१ हजार ९३४ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ८७५ पुगेको छ ।
भारतमा ५४ लाख २५ हजार ७७ जना उपचार पछि निको भएर घर फर्किएका छन्।