अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १७ गते
त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन्।
पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी नजिकै भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक शनिबारबिहान ५ बजे त्रिशुली नदी किनारमा खसेको हो। ट्रकको आधा भाग डुबेको अवस्थामा छ।
दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्गका २८ वर्षीय रोहित तामाङ, सोही ठाउँका १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।