गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १८ गते

गण्डकी प्रदेशमा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

नवलपुर जिल्लाको मध्यविन्दु अस्पतालका कार्यरत पाँच जना २६, २९, ३५, र ५८ वर्षीय पुरुष कर्मचारी र ३१ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपुरको देवचुली नगरपालिका वडा नं १७ का ५६ वर्षीय पुरुष, नवलपुर विनय त्रिवेणी नगरपालिका वडा नं १ का ४३ वर्षीय पुरुष, वडा नं ४ का ३६ र ४४ वर्षीय पुरुष, वडा नं २ का ४३ वर्षीय पुरुष छन् । कावासोती नगरपालिका वडा नं ८ का ६२ वर्षीय पुरुष, वडा नं १६ का ४१ वर्षीय पुरुष, वडा नं १४ का ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

गैडाकोट नगरपालिका वडा नं २ का २०, २१ र ३० वर्षीया महिला, वडा नं ८ का ३४ वर्षीय पुरुष वडा न ५ का २५ र ३५ वर्षीय पुरुष, र ४३ वर्षीया महिला, वडा नं ७ का २२ वर्षीया महिला, वडा नं ४ का १८,२०, ४१ वर्षीया महिला, वडा नं ११ का २९ वर्षीय पुरुष र ४७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

बागलुङ जिल्ला जैमिनी वडा नं ४ का २४ र ३६ वर्षीय पुरुष, स्याङजा वालिङ नगरपालिका १० का ४५ वर्षीय पुरुष, तनहुँ व्यास नगरपालिका वडा नं १ का ३८ वर्षीय पुरुष, वडा नं ९ का ३५ र ३६ वर्षीय पुरुष र ६५ वर्षीया महिला, वडा नं २ का ३४ र ३६ वर्षीय पुरुष, वडा नं ११ का ३८ वर्षीया महिला, वडा नं ५ का ३८ वर्षीय पुरुष र ६७ वर्षीय महिला कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०९७ पुगेको छ । उनीहरु सबैलाई आइसोलेशनमा लैजाने तयारी भएको गण्डकी स्वास्थ्य निदैशनालय पोखराले जानाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *