अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २० गते
नेपालमा आज थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा थप ९ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।
जसमध्ये ४ जना महिला र ५ जना पुरुष हुनुहुन्छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।