अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, असोज २१ गते
पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ तीनडुवियाबाट प्रहरीले आठ किलो अफिम पक्राउ गरेको छ ।
पर्सा प्रहरिले पाएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलिले तीनडुविया बस्ने २९ वर्षीय खोबारी प्रसाद कुर्मीको घरबाट पहरीले ८ किलो अफिम बरामद गरेको छ।
खोबारी कुर्मीले आफ्नो घरमा लुकाई छीपाई लागु औषध राखेको सूचना प्राप्त भएपछि प्रहरीले पक्राउ गरेको कुर्मिको घरमा छापा मारी ८ किलो अफिम जस्तै देखिने समान बरामद् गरि खोबारि कुर्मी लाई प्रहरी नियन्त्रणमा लिएको थियो
बरामद गरेको अबैध समान र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय पोखरियाले थुनामा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।