किर्गिस्तानी आफ्नो प्रधानमन्त्री पदबाट राजीनामा दिए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २१ गते

किर्गिस्तानको केन्द्रिय निर्वाचन आयोगले आइतबार भएको ससंदीय निर्वाचनको नतिजा खारेज गरे पछी प्रधानमन्त्री कुबातबेक बारोनोभले राजीनामा दिनु भएको छ ।

गत हप्ता भएको ससंदीय निर्वाचनमा अनियमितता भएको भन्दै केही दिन देखी हजारौंको संख्यामा प्रदर्शनकारीहरु राजधानी विशकेका सडकमा उत्रेका थिए ।

मतदानको खरीदको आरोपको बीचमा प्रदर्शनकारीहरुले निर्वाचनको नतिजाको छानबिन हुनु पर्ने माग राखेका थिए ।

यसैबीच, मंगलबार बसेको संसदको आपतकालीन बैठकले प्रतिपक्षी पार्टीका नेता सादिर जापारोभलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरेको छ ।

राष्ट्रपति गेनबाकोभ अझै सत्तामा छन् तर उनी आफू बस्न तयार रहेको संकेत गरे।

यस अघि उनले एक समाचार एजेन्सीलाई भनेका थिए कि उनी “कडा नेताहरुलाई जिम्मेवारी दिन तयार छन्”, तर उनको मनमा को थियो भनेर भन्न अस्वीकार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *