अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, असोज २१ गते
सत्याग्रहि डा. के.सि को १९ औ आमरण अनसनको आज २४ दिन भएकोमा डा. के.सिले उठाएको मागहरु पूरा गराउन र उहाको जीवन रक्षा गर्न नेपाल सरकारलाई नेपाली कांग्रेस पर्साका सभापति अजय द्विबेदीको अध्यक्षतामा तथा पुर्ब मन्त्री सुरेन्द्र चौधरीको प्रमुख अतिथिमा मंगलबार धर्ना कार्यक्रमको आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्साका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको व्यापक रुपमा उपस्तिथि रहेको थियो।
घन्टाघरमा भएको धर्ना कार्यक्रममा स्वास्थ्यलाई ध्यानमा राखि समाजिक दुरि कायमगरि २३ मिनेट धर्ना सम्पन्न भएको थियो।
यदि सरकारले डा. के.सि को मागलाई यथाशीघ्र सम्बोधन र उनको जीवन रक्षाको ध्यान नदिये नेपाली कांग्रेस बुधबार देखि अनिश्चित काल सम्म शान्ति पुर्ण धर्ना दिने पर्सा सभापति द्विबेदिले बताएका छन।
सो कार्यक्रममा उपसभापति द्व्य दिना गुप्ता, प्रकाश उपाध्या,सचिव द्व्य किशोरी साह, श्याम पटेल, महाधिवेशन प्रतिनिधि नरेन्दर साह, क्ष्रेत्रीय सभापति बिजय श्राफ र नेतृ किरण सरकार ,नेता अरबिन्द गुप्ता, नगर सभापति भोला कलवार र ने.बि.संघ का पुर्ब केन्द्रिय सदस्य सुधिर पटेल ने. बि संघ पर्सा का अध्यक्ष बिश्वश द्विबेदि तथा नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।