अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २१ गते
विश्वमा एकै दिन ३ लाख ११ हजार ६१३ संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा ५ हजार ५५३ जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख ४१ हजार ७८३ पुगेको छ ।कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख ५४ हजार ६०४ पुगेको छ ।
अहिलेसम्म २ करोड ७१ लाख ४५ हजार ५२६ जना संक्रमित निको भएका छन् । ७८ लाख ४१ हजार ६५३ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६७ हजार ८२१ जनाको अवस्था गम्भीर छ ।