अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २१ गते
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट फेसबुकले हटाएको छ, उनले दाबी गरेको छ कि कोभिड १९ फ्लू भन्दा कम “घातक” छ।

राष्ट्रपति ट्रम्पलाई कोरोना पोजिटिभ भेटिए पछि तीन दिन अस्पतालमा उपचार गरियो र त्यसपछि उनी अहिले व्हाइट हाउस आइसकेका छन्।

ट्रम्पले लेखे “फ्लूको मौसमसँग बस्न सिके“, “जसरी हामीले कोभिड सँग बस्न सिकिरहेका छौं, धेरैजसो जनसंख्यामा यो ज्यादै कम घातक छ।”
ट्रम्पले ट्विटरमा उही सन्देश पोस्ट गरेका थिए जुन ट्विटरले हाईड गर्यो । उनको ट्वीटमा एउटा चेतावनी लेखिएको छ कि यो भ्रामक र सम्भावित हानिकारक जानकारी हुन सक्छ।
उही समयमा, फेसबुकको नीति संचार व्यवस्थापक एन्डी स्टोनले भने, “हामी कोविड १९ को गम्भीरताका बारे गलत जानकारी हटाउँछौं र अब हामीले यस पोस्टलाई हटायौं।”