अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २३ गते
बैतडीको पञ्चेश्वर गाँउपालिकामा जीप दुर्घटना परी १२ जना घाइते भएका छन् । घाइतेहरु उद्धारपछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।
शुक्रबार बिहान १०:२० पञ्चेश्वर गाउँपालिका–४ आमचौराबाट कुलाउका लागि छुटेको से १ ज ८८८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । जीपमा गाउँपालिका कर्मचारीसहित १२ जना सवार थिए ।
घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा समान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको प्रहरीले जनाएको छ । घाइते सबै खतरामुक्त रहेको स्थानीय स्वास्थ्य चौकीले जानकारी दिएको छ । जिप सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले बताएको छ ।