रोज बहिनि सृजनशिल समाजद्धारा क्लोथ बैंक नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज २४ गते

मजदुर, असाहय, गरिब, विपन्नहरुका लागि लुगा सहयोग गर्दे आएको क्लोथ बैंक नेपालले स्वास्थ्यको गम्भीरतालाई ध्यानमा राख्दै अब रोज बहिनि सृजनशिल समाजको संयुक्त प्रयासले सेनेटरी प्याड बितरण गर्ने भएको छ।

जिल्ला समन्वय समितिको सभाहालमा भएको एक कार्यक्रममा रोज बहिनि सृजनशिल समाजद्धारा क्लोथ बैंक नेपाललाई स्वास्थ्य सामग्री १०० थान सेनेटरी प्याड हस्तान्तरण गरेको छ।

रोज बहिनि सृजनशिल समाजका प्रतिनिधि सहदेब कुशवाहाले क्लोथ बैंक नेपाल अध्यक्ष राजीव झा लाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

शिक्षा ,कुप्रथा ,गरिबी र पहुचबाट टाढा रहेका महिलाले महिनावारीको बेलामा कपडाको प्रयोग गरि प्रत्येक वर्ष लाखौको संख्यामा बिभिन्न किसिमको रोगबाट अकालमै आफ्नो ज्यान गुमाउछिन् ।

उक्त कार्यक्रममा आफ्नो कुरा राख्दै  क्लोथ बैंक नेपालका  अध्यक्ष राजीव झाले भने ” हाम्रो संस्थाले स्थापना काल देखि नै निरन्तर मजदुर, असाहय, गरिब, विपन्नहरुका लागि लुगा सहयोग गर्दे आएको छ।

 प्रदेश नं २ मा   कोरोना सङ्क्रमणको समयलाई गम्भीरताका साथ  ध्यानमा राख्दै बेडको अभावमा होम आइसोलेशन बसेका सङ्क्रमितलाई बैंकले निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउनुका साथै  निःशुल्क चिकित्सकीय परामर्श सेवा दिदै आएको छ।

महिलाहरुकोलागि उपलब्ध गराईएको स्वास्थ्य सामग्री  सेनेटरी प्याड रोज बहिनि सृजनशिल समाजको सहकार्यमा असाहय, गरिब, विपन्न र पहुचबाट टाढा रहेका महिलाहरुलाई बितरण गर्ने अध्यक्ष झाले जानकारी दिएका छन्।”

कार्यक्रमको उद्घोषण मनिष झाले गरेका थिए भने, उक्त कार्यक्रममा रगत रोग विशेषज्ञ डाक्टर अजय कुमार झा, मा जानकी बस व्यवसायी संघ का अध्यक्ष मनोज चौधरी, रोज बहिनि सृजनशिल समाजका प्रतिनिध हरु, नागरिक समाज ,सर्वसधारणहरु को बाक्लो उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *