कृष्णनगर नगरपालिकामा पोखरीमा भारतीय वृद्धको सब फेला

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता  असोज २५ गते

जिल्लाको कृष्णनगर नगरपालिकामा एक जना भारतीयको सब पोखरीमा बेवारिसे अवस्थामा फेला परेको छ।

भारतको  बढनी घर भएको बर्ष ६५ का नन्द कुंवारको सब कृष्णनगर नगरपालिका ८ दयानगर गाउंको दक्षिणमा रहे को पोखरीमा बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी बहादुरगंजले जनाएको छ। दिउंसो २ बजे स्थानियहरु पानीमा शव तैरिदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीर सुन्निएकाले एकहप्ता पहिलाको सब  हुन सक्ने भन्दै प्रारम्भिक परिक्षणका लागि शिवराज अस्पतालमा पठाइएको नायब निरिक्षक धर्मराज भण्डारीले बतनउनुभएको छ।

उता बढनी घरभएको मृतकका परिवारवाला खबर पाएपछि घटनास्थल पुगेर शवको सनाखत गरेका छन तर पानीमा डुबेर मृत्यु भएको हो व होइन भन्ने घटनाबारे अनुसन्धान गर्न प्रहरी संग माग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *