काठमाडौं उपत्यकामा आज थपिए १ हजार ४ सय ४६ कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २५ गते

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ४१६ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार काठमाडौं जिल्लामा मात्र १ हजार १ सय ४५ संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ नयाँ संक्रमित थपिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *