अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २५ गते
भारत देखि भन्सार छलिगरी ल्याउदै गरेको एक लाख भन्दा बढि मुल्यको अवैध कपडा विराटनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
विराटनगर महानगरपालिका–१८ जतुवाबाटबोर्ड आउट पोस्ट रानीको टोलीले ९४ हजार पाँच सय बराबरको २ सय ७० पिस टप्स सेट र सात हजार बराबरको १४ वटा कुर्ता सलवार बरामद गरेको हो । उक्त कपडा भरातबाट नेपाल तर्फ ल्याउदै गर्दा प्रहरीलाई देखेपछि तस्करीमा संलग्न व्याक्तिहरू फरार रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका तस्करीका कपडा सशस्त्रले कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।