कञ्चनपुरमा झण्डै तीन हजार थान मोबाईलका स्क्रिनगार्ड सशस्त्र प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २६ गते

भारतबाट भन्सार छलि ल्याएका अबैध सामग्री कञ्चनपुर सशस्त्र प्रहरीले फन्दामा पारेको छ । भन्सार छलि नेपाल भित्र्याएका मोबाईलका स्क्रिनगार्ड सशस्त्र प्रहरीले फन्दामा पारेको हो ।

तस्करले भन्सार नकाटेर अवैध रुपमा भारतबाट ल्याईएको झण्डै तीन हजार थान मोबाईलका स्क्रिनगार्ड सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख बिरेन्द ऐरले बताउनुभयो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण अन्र्तरगतको दोदा बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी बरिष्ठ हबल्दर भानसिह भाट कमाण्डको टोलीले पुनर्वास नगरपालिका १० विकास बस्तीबाट अवैध रुपमा नेपाल भित्र्राउँदै गर्दा मोवाईलका स्क्रिनगार्ड बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बिरेन्द ऐरले दुई हजार ९ सय ३० पीस बोकेर ल्याउँदै गर्दा सशस्त्र प्रहरीले टोली देखेपछि तस्करले समान छाडेर भागेको बताउनुभयो ।बरामद गरिएका दुई लाख ९० हजार बराबरका मोबाईल स्क्रिनगार्ड कैलाली भन्सार बुझाईएको छ । सशस्त्र प्रहरीले यस्तै गरि अवैध समान सहित तस्करपनि नियन्त्रणमा लिएर कार्बाही गर्नुपर्ने स्थानीयले माग अघि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *