नेपालमा आज थप ९ जनाको कोरोनाबाट मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २६ गते

नेपालमा आज थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय ४५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार प्रदेश १ को सुनसरीमा ३७, ८९ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, वागमती प्रदेशको काठमाडौंमा ७१ वर्षीया महिला र ६३ र ६७ वर्षीय पुरुषको ज्यान गएको छ । उता, ललितपुरमा ५० वर्षीय पुरुष र चितवनमा ४० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, लुम्बिनी प्रदेशको रुपन्देहीमा ७४ वर्षीय पुरुषको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *