लहान अस्पतालको एक जना चिकित्सकमा कोरोना पुष्टि, आक्स्मिक सेवा बाहेक अरु सेवा बन्द

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, असोज २७ गते

लहान अस्पतालको एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ।

 लहान नगरपालिका ३ स्थित रहेको, लहान अस्पतालमा कार्यरत रहेको एक जना डाक्टरमा कोरोना पुष्टि भएको छ् ।अस्पतालका दर्जनौं कर्मचारीमा कोरोनाको लक्षण देखिएको हो। कोरोना पुष्टि भए पछि अस्पतालमा रहेका कर्मचारीहरुले एक बैठकमा निर्णय गरी आक्स्मिक सेवा बाहेक सम्पुर्ण सेवा हरु केहि हप्ताको लागि बन्द गरीएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाले जानकारी दिनु भयो ।

अस्पतालको आक्स्मिक सेवा बाहेकका  सेवाहरु बन्द रहने निर्णय गरी अस्पतालको  ठाँउ ठाँउमा सूचना टासगरीको छ। अस्पतालको सेवा बन्द रहेकोले सेवा ग्राहिमा पर्न गएको असुबिधाले अस्पताल परीवार खेद प्रकट गर्द गरेका छन् ।

कोरोना लक्षणको आशंका रहेको ब्यक्तीहरुलाई  पीसीआरको रिपोर्ट न आए सम्म अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द रहने वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *