भक्तपुरमा लुटपाटपछि हत्या गरी फरार भएका तीनजना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २७ गते

जग्गा किन्ने बाहनामा भक्तपुरमा लुटपाटपछि हत्या गरी फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । कामी शेर्पा मुख्य योजनाकार भएको महाशाखाका अनुसन्धान अधिकारीहरु बताउँछन् ।

उनीहरूले गत बुधबार चाँगुनारायण नगरपालिका–८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटपछि उनीहरूले सुनको ब्रासलेट र मोबाइल समेत लुटेर भागेको महाशाखाले जनाएको छ ।

कुटपिटपछि गम्भीर घाइते भएका योन्जनको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *