पोखरामा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २८ गते

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक  कोरोना संक्रमित पुरुषको  मृत्यु भएको छ ।

। यही असोज १८ गते कोरोना सङ्क्रमण भई कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा  उपचाररत लमजुङ, बेंसीशहर  २ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार  दिउसो ४:२३ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यस सँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको  छ । गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ४१ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *