काठमाडौं उपत्यकामा आज थपिए १४ सय ३ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २८ गते

काठमाडौं उपत्यकामा आज थप १४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४ सय ३ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंमा ९९६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *