अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २९ गते
अवैध रुपमा लगाइएको उदयपुरको विभिन्न स्थानमा ३१ हजार बोट गाँजा प्रहरीले फडानी गरी नष्ट गरिएको छ ।
जिल्लाको बेलका नगरपालिका–७ को १ सय ७७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुखले बताए ।
अवैध रुपमा लगाइएका गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत यही असोज २६ गते जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको संयुक्त प्रहरी टोलीले गाँजा नष्ट गरेको एसपीले जानकारी दिए ।
टोलीले बेलका–७ मा २९ हजार ९ सय ५ बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यसैगरी ताप्ली गाउँपालिका–५ मा आफै उम्रिएका १ हजार ५ सय बोट गाँजा नष्ट गरेको छ ।