समुदायीक सेवा केन्द्रका अध्यक्ष खेतानले ब्यापारीहरुलाई साख र धाक देखाउदै

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, असोज २९ गते

जनताको समाजिक कार्याको लागि गठन गरेको समुदायीक सेवा केन्द्रलाई साख र एवम धाक जमाउनका निम्ति ग्रिन सीटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतानले प्रयोग गरिरहेको भनी सर्वत्र चर्चाको बिषय बनेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा सामुदायिक प्रहरी साझेदारी अन्तरगत गठित ग्रिन सिटी समुदायिक सेवाको केन्द्रीय अध्यक्ष खेतान र सदस्य मुर्ली जलानले बजारमा आफ्नो  साख एवम धाक जमाउने कार्यमा समुदायीक केन्द्रलाई प्रयोग गरिरहेको आदर्शनगर बासिले आरोप लगाएका छन् ।

खेतानले आफ्नो अगरबती  उधोग र जलानले आफ्नो धागो ऊधोगवाट गरिने राजशव चुहावट बापत हुने कारवाहीबाट जोगिन विगत ५ बर्ष देखि ग्रिन सिटी सामुदायिक केन्द्रको साधारणसभा समेत नगरी विभिन्न कार्यक्रमहरुका लागि ऊठाएको चन्दा तथा प्राप्त गरेको सहयोग रकमको समेत दुरुपयोग गरिरहेको सामुदायिक केन्द्रका एक सदस्यले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा यो अनलाईन लाई बताएका छन् ।

ती सदस्यका अनुसार आदर्शनगरमा सामुदायिक केन्द्रको आडमा खेतान र जलानले आतंक नै मच्चाएको छन् ।

खेतानको दादागिरी पाराकै कारण २ दिन अघि ट्रान्सपोर्ट एसोसिएसन पर्साका पदाधिकारीहरुले वीरगंज महानगरपालिका कार्यालय प्राङ्गण मै कुटपिट गर्ने तम्सिएका थिए ।

मेयर सरावगी लगायतका व्यक्तित्वहरुले गर्दा कुटिनबाट जोगिएका खेतानले आदर्शनगर स्थित रहेको थोक तथा खुद्रा विक्रिताहरुलाई  मालसामान ल्याउने र पेठाउन ठेला / रिक्सा प्रयोगमा प्रतिबन्ध लगाउन खोज्ने र वीरगंज महानगरपालिका वा समबन्ध निकायले कुनै विकल्पक अव्यवस्थामा ट्रान्सपोर्टहरुलाई मालसामान लोडिङ / अनलोडिङमा प्रतिबन्ध लगाउन  खोज्ने गतिविधिले व्यासायीहरु खेतान प्रति आक्रोसित छन्।

सामुदायिक केन्द्रको पदाधिकारी एवम सदस्य रहेकै कारण विभिन्न किसिमको कार्याक्रंमका क्रममा स्थानीय प्रहरी प्रशासनका ठुला  बडा हाकिमहरु संग फोटोसेसन गराएर प्रचार वाजिमा माहिर खेतान र जलानको गतिविधि टाऊको भन्दा माथि भएको व्यवसायिहरुले बताउछन्।

समाजमा चेतना फैलाउने सरसफाइ रक्तदान जस्ता कार्यर्यक्रमको आडमा समेत आदर्शनगर वासिले दुख दिईरहेको स्थानियहरुले बताउ छन्।एक व्यासायिकका अनुसार खेतान र जलानले भने जस्तो कुरा नमाने प्रहरी प्रशासनमा भएको पहुचको नाजायज फाईदा उठाउदै छापामारि गराउदै कार्यमा समेत यी दुई जना सक्रिय रहेको ग्रिन सिटि सामुदायिक केन्द्कै एकजना सदस्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *