नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुको शपथग्रहण कार्यक्रम आज बिहान साढे ११ बजे

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २९ गते

नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुकाको शपथग्रहण कार्यक्रम बिहीबार बिहान साढे ११ बजेका लागि तय भएको छ । नवनियुक्त तीन मन्त्रीले बिहीबार शीतलनिवासमा शपथ लिने तय भएको हो ।

नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आएका छन् भने रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।

यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिइएको छ । सहरी विकासमा भने कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *