प्रहरी-समुदाय साझेदारीका लागि सानो पाइलालाई एवार्ड

अनलाईन न्युजपाटी ,काठमाडौँ, समाचारदाता, कार्तिक १ गते

प्रहरी–समुदाय साझेदारी तथा सार्वजनिक सुरक्षामा योगदान दिए बापत् सानो पाइला संस्थालाई सम्मान गरिएको छ।

६५ औँ नेपाल प्रहरी दिवसका अवसरमा प्रदेश २ का गृहमन्त्रीले संस्थाका प्रतिनिधिका रूपमा कानुनी मामिला प्रमुख राहुल झालाई एवार्ड वितरण गरेका हुन्।

नेपाल प्रहरीले सानो पाइलालाई सम्मान गरेको यो चौथोपटक र आगामी दिनमा समेत प्रहरीसँग सहकार्य गर्ने सानो पाइलाले जनाएको छ। सन् २००६ मा स्थापित यस संस्थाले युवा सशक्तीकरण, लागुऔषध पुनस्र्थापना, तस्करीविरुद्ध, शान्ति स्थापना, अपराध रोकथाम आदिमा कार्यरत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *