कात्तिक २ गतेदेखि भक्तपुरमा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

अनलाईन न्युजपाटी ,काठमाडौँ, समाचारदाता, कार्तिक १ गते

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार देखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जिल्लाभर कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापान केन्द्र (डिसीसीएमसी), सम्बन्धित सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय समेतको छलफल, परामर्श एवम् निश्कर्षका आधारमा कार्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि यस कार्यालयबाट प्रदान गरिने तपसिलमा उल्लेखित अत्यावश्यक सेवाहरु बाहेकका सेवाहरु स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट पर्न जाने असुविधाप्रति कार्यालय क्षमाप्रर्थी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *