अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १ गते
फ्रान्सेली राजधानी पेरिसमा शुक्रवार एउटा आक्रमणकारीले शिक्षकलाई चाकूले हमला हमला गरि हत्या गरेका छन् । पुलिसको गोलीबारीका कारण आक्रमणकारीको मृत्यु भएको छ भने चारजनालाई गिरफ्तार गरिएको छ।
हमला राजधानी पेरिसको पूर्वी-पश्चिमी क्षेत्रमा, कन्फलेन्स सौ होनरी नाम गरेको स्कूलको नजिक भएको थियो। हालसम्म आक्रमणकारीको नाम खुल्न सकेको छैन। प्राप्त जानकारीका अनुसार आक्रमणकारी १८ वर्षको थिए।
शिक्षकले आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहम्मदको कार्टुन देखाए जुन केही वर्ष अघि फ्रान्सेली पत्रिका शार्ले अब्दोले छापेका थिए।आक्रमण स्थानीय समय बिहान ५ बजेतिर भएको थियो।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उक्त शिक्षिकालाई इस्लामिक आतंकवादी हमलाको शिकार भएको बताएका थिए र उनी अभिव्यक्ति स्वतन्त्रताको समर्थक भएको बताएका थिए। उनले आक्रमणकारीलाई ‘इस्लामी आतंकवादी हमला’ भने।
उनले नागरिकहरूलाई हिंसाको बिरूद्ध एकताबद्ध हुन अपील गरेका छन् र भने कि आतंकवाद कहिल्यै जित्न सकिदैन।