अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, कतिक १ गते
पर्साका एस पि पन्तको एक्सनले बिरगंज माहानगरपालिका वडा न ६ रेशमकोठी नजिक गणेश अपार्ट्मेन्ट बाट छापामारि गरि २३ किलो सुन बरामद गरेको छ।

पर्सा प्रहरी प्रमुख एस पि गंगा पन्तको बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालयको खटेको टोलीले छापामारी गरि पक्राउ गरेको २३ किलो सुन भारत निवासी अशोक सिन्हा को रहेको खुलेको छ।
उक्त बरामद गरेको सुन र सुन चादी को गहना गणेश अपार्टमेन्ट को ३०३ न को फ्लेट अशोक सिन्हा बस्दै गरेको पर्सा प्रहरी प्रमुख एस पि गंगा ले बताएकीछिन।
पर्सा प्रहरीले पक्राउ गरेको सुन को बिस्कुट १३ पिस सुन्को बिस्कुट जस्तो मझौला ४६ पिस सुन को बिस्कुट १०० ग्राम को १० पिस सुन को गहना ६८१ ग्राम र चादी को गहना र भाडाकुडा २ केजि रहेको पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताएकिछिन।
उक्त बरामद गरेको सुन र चादी को मुल्य अन्दाजी २० करोड बराबर को रहेको छ । पक्राउ गरेको सुन चादी लाई राज्स्व अनुसन्धान पथलैयालाई बुझाउने तयारी भईरहेको पर्सा प्रहरी प्रमुख पन्त ले बताईन।