भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कतिक ४ गते

भैरहवामा ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको हो।

आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएका रुपन्देही प्रहरी प्रवक्ताले बताए ।

आगो नियन्त्रणमा लिन सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट दमकल गएका थिए, राति अबेर आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ । दमकल समयमै पुगेकाले अन्य वरिपरिका घरमा आगो लाग्नबाट भने जोगाउन सकिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *