अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कतिक ४ गते
आज बिहान गण्डकी प्रदेशमा १६ कोरोना संक्रमित थपिएका छन् । कास्कीको पोखरा महानगरका २ जना सहित तनहुँका ३ जना र लमजुङका ११ जना गरी थप १६ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा फेवासिटी हस्पिटलबाट नमुना संकलन भएका १ पुरुष तथा १ महिला, तनहुँ ऋषिङ १ का ३ पुरुष, लमजुङ दोर्दीका ४ का १ पुरुष, ६ का १ पुरुष तथा २ महिला, क्लोहसोथार ४ का १ पुरुष र ठेगाना नखुलेका ६ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ७६ पुगेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा लैजाने तयारी भैरहेको छ |