दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव फेला

अनलाईन न्युजपाटी ,कैलाली, समाचारदाता, कार्तिक ४ गते

६० घण्टादेखि वेपत्ता अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको छ । 

गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान साउद बेपत्ता भएका थिए।

असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो।​ सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो। 

प्रहरी जवानको साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो।

प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ । संलग्न मध्ये केही अझै भागिरहेकाले खोजी तिव्र पारिएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *