लागु औषध चरेशसहित २ जना कञ्चनपुरबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १० गते

लागु औषध चरेशसहित २ जना कञ्चनपुरबाट पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६० मिलिग्राम लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षकले पक्राउ पर्नेमा बेल्डाँडी गाउँपालिका २ का ३० वर्षीय नविन राना र २४ वर्षीय डिल्लु राना रहेको जानकारी दिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *