प्रदेश १ मा आज पनि दशैँको सार्वजनिक बिदा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १२ गते

प्रदेश १ मा सरकारले बुधबार पनि दशैँको सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले मंगलबारसम्म मात्र सार्वजनिक बिदा दिए पनि प्रदेश १ ले भने बुधबारसम्म नै दशैँको बिदा दिएको हो ।

यसअघि नै प्रदेश राजपत्रमा प्रकाशन गर्दै प्रदेश सरकारले कार्तिक ७ गते शुक्रबारबाट कार्तिक १२ गते बुधबारसम्म अर्थात् फूलपातीदेखि बुधबारसम्म दशैँको बिदा दिने उल्लेख गरेको थियो ।

यो निर्णयसँगै प्रदेश १ मा बिहीबारबाट मात्रै सरकारी कार्यालय खुल्ने भएका छन् ।

प्रदेश १ को राजपत्र अनुसार तिहार बिदा तीन दिनलाई दिइएको छ । लक्ष्मी पूजादेखि भाइटीका सम्मलाई बिदा दिने राजपत्रमा उल्लेख छ । लक्ष्मीपुजा कार्तिक २९ गते रहेको छ भने भाइटीका मंसिर १ गते सोमबार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *