अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १२ गते
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणकै समयमा भारतको बिहारमा विधानसभा चुनाव सुरु भएको छ ।
भारतको विहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान जारी छ ।
मतदान तीन चरणमा हुनेछ । पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
पहिलो चरणको मतदानमा २ करोड १४ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्छन् ।
मतदानका लागि ३१ हजार ३७१ मत केन्द्र तोकिएका छन् ।