आज थप १,९५४ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार ३५४पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १२ गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १,९५४जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या एक लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या १ लाख २१ हजार ८२४ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *