कोरोना भाइरसको मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १२ गते

कोरोना भाइरस (कोभिड-१९) को मिडिया ब्रिफिङ सरकारले अब सातामा दुई दिन मात्रै गर्न भएको छ। दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्। 

नागरिक तहबाट पनि मिडिया ब्रिफिङ बन्द गरिनुपर्ने आवाज उठिरहेको थियो। ‘अबदेखि आइतवार र बुधबार मात्रै साविककै (अपराह्न ४:३० बजे) कोरोनाबारे मिडिया ब्रिफिङ हुनेछ, गौतमले भने, ‘दुई दिन साविककै समयमा मिडिया ब्रिफिङ गरेर अन्य पाँच दिन अपरानह ४ : ३० बजेट कोभिड-१९ सूचना दिन खोलिउको वेबसाइट,ट्विटर, फेसबुक र भाइबरमा अपलोड गरिनेछ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *