आइपिएलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १३ गते

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछाएको मुम्बईले १९.१ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

मुम्बईका लागि सुर्यकुमार यादवले अविजित ७९ रन बनाएका थिए । उनले ४३ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरेर ७९ रन जोडे ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।

बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ७४ रन बनाएका थिए । उनले ४५ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाए ।

जितसँगै मुम्बई इण्डियन्सको प्लेअफमा पुग्ने निश्चित भएको छ । उसको १२ खेलमा ८ जितसहित १६ अंक भएको छ । त्यस्तै बैंगलोर १२ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *