भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १३ गते

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९ हजार ९१२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५०९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५६३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख १४ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ३ हजार २५१ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *