अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १७ गते
काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली टिकापुर नगरपालिका–९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाणलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्र बैंकको एटीएम फोडदै गरेको अवस्थामा खाणलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा खाणलाई पक्राउ गरिएको कालीमाटीका डीएसपी अपिलराज बोहोराले बताए ।
पक्राउ परेका खाणलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी बोहोराले जानकारी दिए ।