अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १७ गते
विश्वभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । विश्वमा १२ लाख ५ हजार ३२१जना संक्रमितको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

आइतबार विश्वभर ४ लाख ३६ हजारभन्दा बढी नयाँ संक्रमणका केस पुष्टि भएका छन् भने भाइरस संक्रमणका कारण ५ हजार ३०० जनाले ज्यान गुमाएका छन् ।
विश्वभरमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ६८ लाख २३ हजार ५७० पुगेको छ।