भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपाल आउने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १९ गते

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपाल आइपुग्ने भएका छन्।

भारतीय सेनाको विशेष विमान मार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आउन लागेका हुन्। उनलाई होटल सोल्टीमा बसोबासको प्रबन्ध मिलाइएको सैन्य स्रोतको जानकारी दिएको छ ।

भारतीय सेना प्रमुख नेपाल आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नरवाणे आवतजावत गर्ने सडकमा समेत सुरक्षा सर्तकता बढाइएको छ ।

बुधबार भारतीय सेनाप्रमुख नरवणेको नेपाल आएपनि उक्त दिन औपचारिक कार्यक्रम भने राखिएको छैन ।

बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेर वीरहरुप्रति सम्मान अर्पण गर्नेछन्। त्यसपछि जंगि अड्डामा निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

निरीक्षण सकिएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल हुने जनाइएको छ।

सो क्रममा उनले नेपाली सेनालाई सहयोग स्वरुप चारवटा एम्बुलेन्स र स्वास्थ्य सामग्री प्रदान गर्नेछन्। त्यसपछि नेपालस्थित भारतीय दूतावासमा रहेर उनले केही भेटघाट कार्यक्रम गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *