अमेरिकामा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १९ गते

अमेरिकामा फेरि कोरोना भाइरस संक्रमण बढ्न थालेको छ ।

अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित मुलुक हो । आफूलाई विश्वकै शक्तिसाली भनेर दाबी गर्ने अमेरिकाले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणमा प्रभावकारी कदम नचाल्दा र उदासिनता देखाउँदा दैनिक संक्रमण बढ्दो क्रममा रहेको हो ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ८९ हजार सात सय ७७ नयाँ संक्रमित भेटिए ।अमेरिकामा हालसम्म संक्रमितको संख्या ९६ लाख ९२ हजार ५२८ पुगेको छ ।

एकै दिन एक हजार एक सय ३४ जना संक्रमितको मृत्यु भयो ।कोरोनाका कारण दुई लाख ३८ हजार ६३१ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमितमध्ये ६२ लाख ३६ हजार १७० जना उपचारपछि घर फर्किएका छन् । ३२ लाख १६ हजार पाँच सय ८० जना उपचाररत रहेकोमा १७ हजार छ सय ४५ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *