अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १९ गते
झापाको मेचीनगर नगरपालिका-१० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-५ का २९ बर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेका छन् ।
टेम्पोमा राखेर भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका बरामद गरिएको झापा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
टेम्पोबाट १३ बोरा विभिन्न किसिमका पटका बरामद भएको प्रहरीले जनाएको छ । तिहार र छैठ नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा लुकाईछिपाई पटका ल्याउने गरेको पाइएपछि सीमा नाकामा कडाई गरिएको कोइरालाले बताए ।