ट्याक्टरको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, कार्तिक २० गते

कैलालीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका १ स्थित घोडाघोडी ताल अगाडी भएको सवारी दुर्घटना गम्भिर घाइते भएका मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो ।

से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार सुखडका सुरेश लामिछाने गम्भिर घाइते भएका थिए । 

उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । 

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *