पाँचथरको फिदिम बजारमा दुई हप्ताका लागि निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २० गते

पाँचथरको फिदिम बजारमा दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

समुदायस्तरमा कोरोना फैलन शुरु भइसकेकोले रोकथाम तथा ब्यवस्थापनका लागि फिदिम नगरपालिकाको आकस्मिक वैठकले दुई हप्ताका लागि बजारक्षेत्र, ब्यवसाय तथा शैक्षिक क्षेत्र बन्द गराएको हो ।

बुधबार राती १२ बजेबाट आगामी मंसिर ४ गतेसम्म ती क्षेत्र बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारीले जानकारी दिए । फिदिम नगरपालिका–१ बजारमा मात्रै १४ जनामा पिसीआर रिपोट पोजेटिभ आएपछि निषेधाज्ञा गर्नुपरेको जनाइएको छ ।

यस्तै कोभिड पोजेटिभ देखिएका ब्यक्ति र तिनको सम्पर्कमा आएका ब्यक्ति तथा परिवारले होम क्वारेन्टाईन र आइसोलेशनमा बस्न नगरले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *