यस वर्ष भाइटीका मनाउन दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २६ गते

भाईटीका मनाउन यस वर्ष सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 मंसिर २ गते भाईटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हो ।

नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको हो ।

यस बर्ष नेवार समुदायले मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्षकै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन्।

नेवार समुदायका अभियन्ताहरुको माग अनुसार मन्त्रिपरिषदको निर्णयले उक्त दिन बिदा दिने निर्णय गरेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *