दाङमा ट्रकको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २६ गते

ट्रकको ठक्करबाट दाङ देउखुरीमा तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ८ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी अनुसार दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको छ ।

शवलाई लमही अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *