बिहार चुनावमा एनडीएले पूर्ण बहुमतको सरकार बनाउने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २६ गते

बिहार विधानसभा चुनावको नतीजा आइपुगेको छ २४३ वटा विधानसभा सीटको साथ एनडीएले यस राज्यमा फेरि सरकार गठन गर्ने जनादेश पाएको छ।

बिहारमा सरकार गठन गर्न १२२ सीटको बहुमत चाहिन्छ र एनडीएले १२५ सिट जितेर यो महत्वपूर्ण संख्या पार गरिसकेको छ, भने महागठबंधनले ११० सिट प्राप्त गरेको छ।

राष्ट्रिय जनता दलले नेतृत्व गर्ने पार्टी ७५ सीटको साथ सबैभन्दा ठूलो पार्टीको रूपमा देखा पर्‍यो। भारतीय जनता पार्टीले पनि आफ्नो सिट बढाएको छ र ७४ सीटको साथमा दोस्रो स्थानमा छ।

भाजपा र अन्य सहयोगीहरूको राम्रो प्रदर्शनका कारण एनडीएले बहुमत प्राप्त गरेको छ तर यो चुनावमा मुख्यमन्त्री नीतीश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयू) को प्रदर्शन उत्साहजनक थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *