नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मङ्सिर २ गते

नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो ।

धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् ।

भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *